शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोबर्ट मुगाबे पार्टीको नेतृत्वबाट बर्खास्त

आइतबार, ०३ मङ्सिर २०७४, १७ : ४९
आइतबार, ०३ मङ्सिर २०७४

हरारे । जिम्वाव्वेको सत्तारुढ जेडएएन्यू–पिएफले रोबर्ट मुगाबेलाई पार्टीको नेतृत्वबाट बर्खास्त गरेको छ ।

पार्टीले पूर्व उपराष्ट्रपति एमर्सन म्नगाग्वालाई पार्टीको नयाँ नेता चयन गरेको छ । उनलाई मुगाबेले दुई हप्ताअघि बर्खास्त गरेका थिए ।

सेनाले मुगाबेलाई पत्नी ग्रेसलाई उत्तराधिकारी बनाउन रोकेपछि विकसित पछिल्लो घटनाक्रमको नयाँ कडी हो ।

यसअघि, जिम्बाब्वेको राजधानीमा मुगाबे युगको अन्त्यको माग गर्दै शनिबार गरिएको प्रदर्शनमा दशौँ हजार जिम्बाब्वेली जनता सहभागी बनेका थिए ।

जिम्बाब्वेको सेनाले गत बुधबार मुगाबेबाट शासनसत्ता हातमा लिएको थियो । 

राष्ट्रपति मुगाबेलाई पदबाट राजिनामा दिलाउन दवाव सिर्जना गर्न जिम्बाब्वेका प्रभावशाली पूर्व सैनिकहरूको संगठन ९जिम्बाब्वे नेशनल लिबरेसन वार भेटेरान्स एसोसिएसन०ले राजधानी हरारेमा शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेको थियो । 

ठूलो सङ्ख्यामा प्रदर्शनमा भएको सङ्ख्याले सेनाको कदमलाई जिम्बाब्वेका जनताले अनुमोदन गरेको सहजै अनुमान गर्ने अवस्था देखिएको छ । 

प्रदर्शनकारीले ‘मुगाबेले सत्ता छोड’ र ‘मसगाबे वंशलाई मान्दैनौँ’ लगायतका नारा लगाउँदै चीसो मौसमको प्रवाह नगरी सडकमा सेनाको प्रशंसा गर्दै नाचगान समेत गरेका थिए । 

सडक प्रदर्शनमा ठूलो सङ्ख्यामा भूतपूर्व सेना, सर्वसाधारण, राजनीतिक नेता, नागरिक समाज, परम्परागत जातीय समूहका अगुवाहरू तथा युवाहरूको सहभागीता रहेको थियो । 

सेनाले शासनसत्ता सम्हालेपछि जिम्बाब्वेको सत्ताधारी दल जिम्बाब्वे अफ्रिकन नेशनल यूनियन– प्याट्रिओटिक फ्रन्ट ९जेडएएन्यू–पिएफ० ले समेत मुगाबेलाई पदबाट राजिनामा दिन आग्रह गरेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप