नेपाल लाईफ इन्स्योरेन्स चन्द्रगढीमा विस्तार
काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उदेश्यले झापा जिल्लाको चन्द्रगढीमा स्थापना भएको छ ।
जीवन बीमा क्षेत्रले केही समयदेखि अर्थतन्त्रमा उत्साहजनक योगदान पुर्याईरहेको र यो क्षेत्रले बैकिङ्ग क्षेत्रसँग स्वस्थ प्रतिश्पर्धा एवं परिपुरक क्षेत्रको रुपमा भूमिका निर्वाह गर्दै आएको कम्पनीले दावी गरेको छ । साथै उनले उपशाखा कार्यालयको स्थापनाबाट स्थानिय स्तरमा बीमितले सेवा प्राप्त गर्ने र यसले बीमा बजारको बिकासमा थप सघाऊ पुग्ने जनाएको छ ।
कम्पनीले चालु आ.व.२०७४।०७५ को प्रथम त्रैमासिक अवधिमा कुल बिमाशुल्क आम्दानी करिब रु. ३ अर्ब ८० करोड रहेको छ । कम्पनीको खुद नाफा गत बर्षको सोही अवधिको तुलनामा तीन गुणाले बृद्धि भई करिब रु. १७ करोड ७५ लाख पुगेको छ ।
यसैगरि, कम्पनीको जीवन बीमा कोषमा २६.४७ प्रतिशतले बृद्धि भई करिब रु.४३.३६ अर्ब तथा कुल लगानी करिब ४०.५५ प्रतिशतले बृद्धि भई करिब रु. ५० अर्ब अर्ब भन्दा बढि हासिल गरेको छ । यसैगरि, बीमितहरुलाई रु.६५ देखि रु.८२ सम्मको सर्वाधिक बोनसदर प्रदान गरि समग्र जीवन बीमा क्षेत्रमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा