राजमार्गमा सकेट बम, यात्रु आतंकित
मङ्गलबार, ०५ मङ्सिर २०७४, २० : १८
धादिङ, ५ मंसिर - पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२, बिहानी पम्प नजिकै राजमार्गमा आज दिउँसो सकेट बम फेला परेको छ ।
चुनाव बहिष्कार गरेको नेकपा विप्लब नेतृत्वको माओवादीले राखेको बमका कारण पृथ्वी राजमार्गको ३ः३० देखि ४ः३० सम्म यातायात अवरुद्ध भएको थियो । राजमार्गको सडक छेउमा सकेट बम राखिएपछि सवारीसाधन रोकेर प्रहरी र सेनालाई खबर गरिएको थियो ।
राजमार्गमा बम राखेको खबर पाएपछि सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय गरेपछि यातायात सञ्चालन भएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक