शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरौं–महान्यायाधिवक्ताः भण्डारी

बुधबार, ०६ मङ्सिर २०७४, १६ : ३१
बुधबार, ०६ मङ्सिर २०७४

भक्तपुर - महान्यायाधिवक्ता वसन्तराज भण्डारीले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै पक्षले सहयोग गर्नुपर्ने बताउनुभएको छ । 

नेपाल डेमोक्र्याटिभ लयर्स एशोसियसन केन्द्रीय कार्यसमितिले आज भक्तपुरमा आयोजना गरेको २७ आँै स्थापना दिवसमा उहाँले निर्वाचनको महायज्ञमा देश होमिएकाले शान्ति पूर्णरुपमा निर्वाचन सम्पन्न गर्न सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभयो । 

नेपाल वार एशोसियसनका पूर्व अध्यक्ष हरिहर दाहाल, नेपाल बार एशोसिएसनका महासचिव खम्बबहादुर खाती, नेपाली काँग्रेस भक्तपुरका अध्यक्ष दूर्लभ थापालगायतले निर्वाचनमा कानूनको पालना हुनुपर्नेमा जोड दिनुभयो । 

समितिका अध्यक्ष भरत खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कानून क्षेत्रमा पत्रकारिता तर्फ योगदान पु¥याएबापत अनन्तराम लुर्इंटेललाई सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप