७ नम्बर प्रदेशका हेभिवेट उम्मेदवार : कसले कहाँ मतदान गरे ?
कृष्ण गिरी
काठमाडौं–संघ र प्रदेशको दोस्रो चरणको चुनाव आज ४५ जिल्लामा भइरहेको छ । यहि चुनाव अन्र्तगत ७ नं प्रदेशका अछाम, डडेलधुरा, डोटी, कैलाली र कंचनपुरमा दोस्रो चरण अन्र्तगत आज मतदान भइरहेको छ । यो प्रदेशमा रहेका हेभिवेट र उनीहरुसँग प्रतिष्प्रर्धा गर्ने उम्मेदवारहरुले नेताहरुले आज विहानै मतदान गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं १ को रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् । मतदान बिहान ७ बजेबाट सुरु भएपनि देउवाले भने १० बजे पछि भोट हालेका थिए ।
यसैगरी खगराज भट्टले डडेलधुराको अजयमेरु गाउँपालिकाको चिपुर स्वास्थ्य चौकि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी वामगठबन्धनका सझा उमेदवार हुन । उनी देउवासँग तेस्रो पटक निर्वाचनमा प्रतिस्पर्धा गदै छन् ।
नेकपा एमालेका उपाध्यक्ष मीम रावले अछाम जिल्लाको साँफेबगर नगरपालिका को ६ नं वडाको भागेश्वरस्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी प्रतिनिधि सभाको क्षेत्र नं १बाट उमेदवार छन् ।
अर्की चर्चित नेता विना मगर कंचनपुरको पुनवास नगरपालिका वडा नं ३को रामवस्तीस्थित गोरखा आधारभूत विद्यालयबाट मतदान गरेकी छिन् । उनी पनि प्रतिनिधि सभाको वामगठबन्धनको उमेदवार हुन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कंचनपुरको बेदकोट नगरपालिकाको वडा नं ८को बैजनाथ मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
माओवादीका नेता लेखराज भट्टले गोदावरी नगरपालिका १ नं वडाको घण्टेश्वर मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।
प्रधानमन्त्री पत्नी आरजु देउवाको प्रतिस्पर्धी नारदमुनि रानाले धनगढीस्थित धनगढी उच्चमाविमा भाषा गाउँको मतदान केन्द्रबाट मतदान गरेका छन् । आरजु राणा देउवाले भने आफैलाई मत दिन पाइनन् । उनको मतदाता नामावली डडेलधुरामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीएसजीलाई हराउँदै वोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा
-
गौरीगङ्गामा अवैध काठ बरामद
-
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
-
भक्तपुर अस्पतालमा १८ करोडको सुविधा सम्पन्न भवन निर्माण
-
अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ
-
सुरक्षा निकायबाट जागिर छोड्नेको लर्को