सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पीएसजीलाई हराउँदै वोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा

बुधबार, २६ वैशाख २०८१, ०९ : ३६
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । जर्मन क्लब वोरुसिया डर्टमुण्डले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ । बुधवार बिहान सकिएको खेलमा फ्रेन्च क्लक पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई दोस्रो लेगमा पनि १–० गोल अन्तरले पराजित गरेपछि समग्रमा २–० को जितका साथ फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा पनि डर्टमुण्ड १–० कै अन्तरले विजयी भएको थियो ।

पीएसजीको घरेलु मैदानमा डर्टमुण्डलाई जिताउनका लागि म्याट्स हुमेल्सले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हुमेल्सले ५० औँ मिनेटमा जुलियन ब्रान्डट्को कर्नर प्रहारलाई हेडर गोलमा परिणत गर्दै अग्रता दिलाए । ६५ औँ मिनेटमा उसमान डेम्बेललाई फाउल गरेपछि पीएसजीले पेनाल्टी पाएको थियो । तर, भारले चेक गर्दा गलत भएपछि बराबरी गर्ने अवसर गुमाएको थियो ।

५० औँ मिनेटमा लिएको अग्रता अन्तिमसम्म जोगाउँदै डर्टमुन्डले फाइनलमा स्थान बनाउँदा स्टार खेलाडीले भरिएको पीएसजीको यात्रा भने टुंगियो।  

डर्टमुण्डले अब उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेता विरुद्ध खेल्नेछ । यी दुई टोली बिचको दोस्रो लेग आज हुँदै छ । पहिलो लेग भने २–२ गोलको बराबरीमा टुंगीएकाे थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप