आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

धनकुटा प्रदेश राजधानी हुनुपर्ने भन्दै बालुवाटारमा धर्ना

सोमबार, १७ पुस २०७४, १२ : ४१
सोमबार, १७ पुस २०७४

काठमाडौँ– धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय नजिकै धर्ना दिइएको छ ।  भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ८ः३० देखि ११ बजेसम्म धर्ना दिएका हुन् । 

सोही अवसरमा प्रदेशसभा सांसदहरू इन्द्रमणि पराजुली, कुसुम श्रेष्ठ, लीला श्रेष्ठ, प्रदेश राजधानी बनाउ अभियानका संयोजक उमेश घिमिरे र नागरिक समाज धनकुटाका अध्यक्ष द्रोण गुरागार्इंलगायतले राजधानी बनाउँदा सबैका लागि उपयुक्त हुने भन्दै धनकुटालाई नै राजधानी बनाउनुपर्ने माग गरे । 

प्रदेश राजधानी बनाउ अभियानले धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै संकलन गरेको हस्ताक्षर मंगलबार प्रधानमन्त्रीलाई बुझाउने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप