गायिका भट्टराईको ‘दियो कलश’मा सुरेश र अस्मिताको अभिनय
आइतबार, २३ वैशाख २०८१, ०८ : ३५
काठमाडौँ । गायिका गीता भट्टराईको नयाँ गीत ‘दियो कलश’ सार्वजनिक भएको छ । रमेश परियारको शब्द, सङ्गीत रहेको गीतमा गायिका भट्टराईलाई रमेश निर्दोषले स्वरमा साथ दिएका छन् ।
गीतको भिडियोमा सुरेश कोहली, अस्मिता रणपालको अलवा गायिका भट्टराईलाई पनि देख्न सकिन्छ । डान्सिङ शैलीमा तयार भिडियोमा एक जोडी प्रेमीको प्रेमकथा देखाउन खोजिएको छ ।
अजय रेग्मीको छायांकन, अमित चापागाईंको सम्पादन रहेको भिडियो कुमार केसीले निर्देशन गरेका हुन् । गायिका भट्टराई लोकदोहोरी, लोकपप तथा आधुनिक गीत गायनमा पनि चिनिँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण