शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस काउन्सिलद्वारा तनहुँमा पत्रकार आचारसंहिता जागरण अभियान

बुधबार, २६ पुस २०७४, ०९ : ३३
बुधबार, २६ पुस २०७४

तनहुँ - प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा तनहुँको संयोजनमा पत्रकार आचार संहिता जागरण अभियान  तथा अन्तरक्रिया कार्यक्रम  तनहुँको दमौलीमा सम्पन्न भएको  छ । 

कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले  लोकतन्त्रमा पत्रकारको महत्वपूर्ण भुमिका भएको हुँदा आचारसंहिता लाई अंकुशको रुपमा नलिइ पत्रकारले आफूलाइ परिमार्जन गर्ने नितिको रुपमा लिनुपर्ने बताए । 

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य द्वय इश्वरी ओजा र संगीता खड्काको उपस्थितिमा रहेको थियो ।

पत्रकार आचार सहिता जागरण अभियानको बारेमा प्रेस काउनसिल नेपालका सदस्य संगिता खड्काले जिल्लाका पत्रकारहरु लाई आफुले गरेको काम बारेमा पुर्नबिचार गर्नु जरुरी रहेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप