शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली भूमि मिचिएकोबारे यस्तो आयो ‘वाम विद्यार्थी’को विज्ञप्ति

आइतबार, ०७ माघ २०७४, १४ : ०७
आइतबार, ०७ माघ २०७४

काठमाडौं– एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू  र  माओवादी केन्द्र निकट   अनेरास्ववियू क्रान्तिकारीले भारतीय पक्षले नेपाली भूमि मिचेको ठहर गरेको छ । 

अनेरास्ववियूकी अध्यक्ष नबिना लामा र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले एक विज्ञप्ति जारी गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १ स्थित छपकैयामा नेपाली भूमि मिछेर सीमा  स्तम्भ गाडिएको अवलोकनका क्रममा पाइएको उल्लेख गरेका छन् । 

अवलोकनको क्रममा स्तम्भ ३९१ देखि ३९३ सम्म करीब १३८ फिटको दरले ३ किलोमिटरसम्म ठाउँठाउँमा नेपाली भूमि मिचिएको देखिएको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा ऐतिहासिक आधार, भूमिको भोगचलन लगायतका प्रमाणित आधारहरुलाई लत्याएर बनाइएको र गुमहराममा राखिएको स्ट्रि म्यापको अबिलम्ब पुनरावलोकन गर्न, हाल भइरहेको सीमा स्तम्भ निर्माण कार्य तत्काल रोक्न र कुटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न सरकार र सरोकारवाला निकायसँग माग गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप