शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा चुनाव : मनाङ्गेको मतदाता सूचीमा नाम तर ‘अयोग्य’

आइतबार, ०७ माघ २०७४, १४ : ३१
आइतबार, ०७ माघ २०७४

काठमाडौँ । आइतबार सबै प्रदेशका सांसदले सपथ लिए पनि मनाङ जिल्लाको प्रदेशसभा ‘ख’बाट निर्वाचित बनेका राजीव गुरुङ भनिने दीपक मनाङ्गे सपथ ग्रहण समारोहमा सहभागि बनेनन् ।

मनाङ्गेलाई ज्यानमार्ने उद्योग अन्र्तगत तत्कालिन पुनरावेदन अदालत पाटनले २०६९ साउन २८ गते ५ वर्षे कैद फैसला तोकेको थियो । 

तर, लामो समय सार्वजनिक नभएको सो फैसला सार्वजनिक नभई मनाङ्गेले निर्वाचन लडेर चुनाव जितिसकेका थिए । अहिले उनको फैसला सार्वजनिक भएपछि उनलाई प्रहरीले खोजी गरिरहेकाले उनी सपथ समारोहमा उपस्थित भएनन् । 

तर, निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको राष्ट्रियसभा निर्वाचनको मतदाता सूचिमा भने मनाङ्गेका नाम पनि छ । क्रम संख्या ४४ रहेको मनाङगेको मतदता नम्बर १०७६०६७९ रहेको छ । 

यद्यपि, राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदाता हुन प्रदेश सांसदले सपथ लिनुपर्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।

‘राष्ट्रियसभा निर्वाचनमा भोट हाल्न अनिवार्य रुपमा प्रदेश सभा सांसदले सपथ लिएको हुनुपर्नेछ,’ निर्वाचन आयोगका एक अधिकारीले भने, ‘मनाङ्गेको हकमा अहिले मतदाता नामावलीको प्रारम्भिक सूची मात्र प्रकाशित भएको हो । अन्तिम नामावाली माघ ९ गते प्रकाशित हुनेछ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप