शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

चौधरीले गरे आफ्नै बुबाको हत्या

सोमबार, ०८ माघ २०७४, १५ : ५०
सोमबार, ०८ माघ २०७४


दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरस्थित तेजबहादुर चौधरीले आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।  गएराति सामान्य घरायसी विवादपछि चौधरीले ५२ वर्षीय बाबुराम चौधरीको खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् । 

हत्यापछि चौधरीले घरकै भान्सा कोठामा झुण्डी आफैं आत्महत्या गरेको जस्तो देखाएको प्रहरीले जनाएको छ । हत्या गर्ने तेजबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।  शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल राखिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप