शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यी अभिनेत्री जसलाई रामगोपालले दिए ब्रेक

मङ्गलबार, ०९ माघ २०७४, १३ : १२
मङ्गलबार, ०९ माघ २०७४

मुम्बई – बलिउडका चर्चित निर्देशक रामगोपाल बर्माको आउँदो चलचित्र ‘गड सेक्स एण्ड ट्रुथ’का टे«लर रिलिज भएको छ । चलचित्रमा अमेरिकी पोर्न स्टार मिया मलकोवाले डेब्यु गरेकी छन् ।

मियाले चलचित्रमा सेक्स डिजायरको बारेमा समेत बताउने भुमिका निर्बाह गरेकी छिन् । उनले चलचित्रमा महिलाको शरीर पुरुषको ‘प्रोपर्टी’ नभएको समेत बताउने छिन् । 

बलिउड अभिनयमा भित्रिएकी मिया दोस्रो पोर्न स्टार हुन् । मियाले चलचित्रमा निक्कै एक्सपोज गरेको बताइएको छ । उनलाई निर्देशक रामगोपालले एक्सपोज गर्न लगाएका हुन् । 

त्यसो त मिया पहिलो अभिनेत्री होइनन् । जसलाई निर्देशक रामगोपालले एक्सपोज गर्न लगाएका छन् । उर्मिला मातोडकर, अंतरा माली, जिया खानले पनि रामगोपालको चलचित्रमा एक्सपोज गरेका छन् । 

उर्मिला मातोडकर 
उर्मिलाले रामगोपालको चलचित्र रंगीला र कौन और सत्यामा काम गरेकी छन् । १९९५मा आएको चलचित्र ‘रंगिला’मा उर्मिलाले निकै बोल्ड सिन दिएकी थिइन् । चलचित्रमा उनले मिलीका भुमिका निर्बाह गरेकी थिइन् । जो चलचित्र अभिनयका लागि संघर्षरत छिन् ।

अन्तरा माली 
 अन्तरा मालीले रामगोपालका साथ ‘नाच’, ‘रोड’ र ‘मे माधुरी दीक्षित बन्ना चाहती हँु’ जस्ता चलचित्रमा काम गरेका थिए । उनले सबैभन्दा बढी एक्सपोज २००४ मा आएको चलचित्र ‘नाच’मा गरेका थिए । चलचित्रमा उनको अलवा अभिषेक बच्चन र रितेश देशमुख पनि थिए । चलचित्रमा अन्तराले रेखाको भुमिका निर्बाह गरेका थिए ।

नीशा कोठारी 
नीशाले रामगोपालको चलचित्र ‘सरकार’, ‘डरना जरुरी हे’, ‘आग’ र अज्ञात जस्ता चलचित्रमा काम गरेकी छन् । यी चलचित्र मध्य केही चलचित्रमा उनले बोल्ड सिन दिएकी छन् । 
 
जिया खान 
जियाले राकगोपालको चलचित्र ‘निशब्द’मा काम गरेकी थिइन् । चलचित्रमा अमिताभ बच्चन पनि रहेका थिए । चलचित्रमा अमिताभले छोरी उमेरकी केटीसँग रोमान्स गरेको देखाइएको थियो । चलचित्रमा जियाले हट एक्स,पोज समेत गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप