शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लगातार बगिरहेको पहिरो रोक्न पुजा–पाठ !

आइतबार, ०६ फागुन २०७४, ११ : ०२
आइतबार, ०६ फागुन २०७४

  गुल्मी–पहिरो रोक्न गुल्मीमा पुजा–पाठ गरिएको छ । गुल्मीको सदरमुकाम तम्घास देखि अर्घाखाँची जोड्ने सडक खण्डको नेटा र वेदुखर्कको विचमा डोजरले सडक विस्तार गरेपछि खसिरहेको पहिरो रोक्न पुजापाट गरिएको हो ।
पहिरो नजिकै पानीको पँधेरो छ । पँधेरो संगै तिन भाई झााँक्रि रहेको स्थानियको विश्वास रहेको छ ।  रेसुङ्गा नगरपालिका वडानम्वर–७ का  स्थानीयले  झाँक्रीको समाखान नपुगेको र पहिरो बगेको भनेपछि पँधेरो नजिकै  समाखान राख्न सडक विस्तारको जिम्मा पाएका निमार्ण व्यवसायी संघ गुल्मीका महासचिव हरिकुमार श्रेष्ठले पुजा–पाठ गरेका हुन् ।
स्थानियवासी मनिराम पाण्डेले वर्षऔं अघि देखिको उदाहरण दिदै त्यहाँ तिन भाई झाँक्रि रहेको  ठोकुवा गर्दै उनको समाखान नभए सम्म पहिरो नरोकिने दावी गरे । पुजा पाठ गर्ने श्रेष्ठले भने प्रतिकृया दिन रुचाएनन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप