शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

श्वेतगंगा हाइड्रो पावरमा ५ बैंकले लगानी गर्ने

शुक्रबार, ११ फागुन २०७४, १३ : ५३
शुक्रबार, ११ फागुन २०७४

काठमाडौं– तल्लो लिखु जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकको अगुवाईमा ५ वटा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्ने भएका छन् । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले रामेछाप र ओखलढुंगा जिल्लाको लिखु खोलामा निर्माण गर्ने २८.१ मेगावाटको लागि ५ वटा वित्तिय संस्थाहरुले लगानी जुटाउने भएका हुन् ।

५ बैंक तथा वितिय संस्थाले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने गरी कर्जा सुविधा सम्झौतामा बिहिबार हस्ताक्षर भएको छ । उक्त आयोजनाको निर्माण लागत ५ अर्ब ५९ करोड रहेको छ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धि सम्झौता २०७३ साल पौष १४ गते भएको थियो । उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट २०७२ साल चैत्र २८ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. लाई सानिमा ग्रुप तथा डोल्मा इम्प्याक्ट फण्डले संयुक्त रुपमा प्रबद्र्धन गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आयोजना लागतको ७५ प्रतिशत (रु.४ अर्ब १९ करोड) र बाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणहरुले लगानी गर्ने छन् ।  उक्त आयोजनाको लागि लक्ष्मी बैंकले १ अर्ब २४ करोड, कुमारी बैंकले १ अर्ब, सेन्चुरी कमर्शियल बैंकले ७५ करोड, प्रभु बैंकले ४० करोड र जलविद्युत लगानी तथा विकास कम्पनीले रु.८० करोड लगानी गर्ने भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप