शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२५ मेगापिक्सेल फ्रण्ट क्यामेरा सहितको एफसेवेन सार्वजनिक गर्ने ओपोको तयारी

बुधबार, २१ चैत २०७४, १८ : ३८
बुधबार, २१ चैत २०७४

काठमाडौं–सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको  नयाँ स्मार्टफोन एफसेवेन सार्वजनिक गर्ने तयारी गरेको  छ । 
नवप्रबर्तनात्मक प्रविधिमा केन्द्रित नयाँ ओपो एफसेवेनमा नेपाली यूवा माझ रहेको सेल्फी एक्स्पर्ट एण्ड लिडरको छवी अझ सुदृढ बनाउन अन्य अत्याधुनिक सुविधाहरुपनि समाहित गरिएको कम्पनीले जानकारी दिएको छ । मितिको घोषणा भइ नसकिएतापनि कम्पनीका अनुसार अप्रिल महिना भित्रै फोन सार्वजनिक गरिने छ । 
 

सेल्फीलाई थप वास्तविक, प्राकृतिक र ब्यक्तिगत तवरमा आकर्षक बनाउने सोचका साथ ओपोले एफफाइभको माध्यमबाट एआई ब्यूटी रेगक्निशन प्रविधि सार्वजनिक गरेको थियो । यसलाई थप परिस्कृत गरी ओपो एफसेवेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० उपलब्ध गरिएको छ । फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज (एचडीआर) प्रविधि सहित २५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेराको प्रयोग गरिएको छ । यसमा एआई ब्यूटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी (एआर) स्टिकर्सपनि उपलब्ध गरिएको छ । नयाँ ओपो एफसेवेनले सेल्फीको गुणस्तरलाई नयाँ आयाम दिने मात्र नभइ सेल्फी लिने प्रकृयालाई थप रमाइलो र रोचक बनाउने छ । 
उद्योगकै अग्रणी २५ एमपी फ्रण्ट क्यामेरा
२५ एमपी एआई ब्यूटी फ्रण्ट क्यामेरा र रियल टाइम एचडीआर प्रविधिका कारण ओपो एफसेवेनद्वारा खिचिएका फोटो उज्यालो तथा छायाँ परेको स्थान दुबै अवस्थामा चहकिलो तस्विर सम्प्रेषण गर्न सकियोस् भन्ने सोचका साथ उच्च ल्यूमिनेन्स रेञ्जको ब्यवस्था गरिएको छ । त्यसैगरी तस्विरलाई थप विस्तृत, चहकिलो र जीवन्त बनाउन यसमा पिक्सेलको कन्ट्राष्ट र कलर रेञ्जमा समेत बृद्धि गरिएको छ ।
  
सेन्सर एचडीआर प्रविधि
नयाँ फोनमा उद्योगकै पहिलो सेन्सर एचडीआर फिचर ईनब्यूल्ट रुपमै समाहित गरिएको छ । उत्कृष्ट सेल्फी सहज रुपमा लिन सघाउने उक्त प्रविधि ओपो एफसेवेनमा डिफल्ट फिचरका रुपमा समाहित गरिएको छ । सामाजिक सञ्जाल लगायतमा आफ्ना तस्विर राख्न अत्यधिक रुचाउने यूवा जमातका लागि आवश्यकता अनुसार प्रकाश समायोजन गरी तिब्र गतिमा तस्विर परिमार्जनमा सघाएर उत्कृष्ट तस्विर पोष्ट गर्न सघाउँछ । साथै, यो फिचर तस्विरका साथै भिडियोका लागि पनि प्रयोग गर्न सकिन्छ । 


ओपो एफसेवेनमा रहेका अन्य रोचक फिचर्स
ओपो एफसेवेनमा एआई प्रविधि युक्त अन्य विभिन्न फिचर्सपनि उपलब्ध रहेका छन् :
एआई एल्बम : फोनमा कम्पनीले एआई एल्बमको ब्यवस्था गरेको छ । यसले प्रयोगकर्ताको अनुहार , स्थान तथा दृष्यका आधारमा तस्विरलाई वर्गिकृत गरी खोजी कार्य तथा एडिटिङ कार्यमा सहजता प्रदान गर्छ । एआई एल्बममा रहेको अर्को रोचक फिचरले नयाँ मोमेन्ट्स फिचर मार्फत पूराना तस्विरहरुको खोजी कार्यमा तिब्रता ल्याउन सघाव पु¥याउँछ । 
एआई बोर्ड फिचर : फोनमा स्प्लिट स्क्रिन फिचरका रुपमा उपलब्ध गरिएको एआई बोर्ड फिचरमा प्रयोगकर्तालाई आफ्ना मनपर्ने एप्सहरु राख्न सक्छन् । यो फिचरले स्वचालित रुपमा महत्वपूर्ण मिटिङ् तथा तालिका, भ्रमण, चलचित्र टिकट तथा ई–कमर्स अर्डरको अवस्थालाई ईमेल तथा सन्देश मार्फत क्रमबद्ध गर्न सभाव पु¥याउँछ । 
एआई प्रविधिले एफसेवेनको प्रणाली ब्यवस्थापनमा समेत सघाव पु¥याउँछ । यसले ६४ बिट ४ जीबी ओक्टा–कोर प्रोशेसर (१ सय २८ जीबी भर्जनका लागि ६ जीबी)लाई बुद्धिमानी पूर्वक छुट्याएर फोनको कार्य प्रणाली सही राख्ने कार्यमा सघाउँछ । यसले गर्दा नयाँ फोनले पछिल्लो फोन एफाफइभका तुलनामा ८० प्रतिशत उत्कृष्ट कार्य प्रदर्शनी दिने क्षमता राख्छ । साथै, एआईले उर्जा ब्यवस्थापनमा समेत सघाव पु¥याउँदै ब्याट्रीलाई थप समय सम्म टिकाउन सघाउँछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप