कविता: जिउँदा लास
शनिबार, ०१ वैशाख २०७५, ०८ : २७
-राकेश कार्की
गरिबीभित्रका लासहरू
कुनै मरिसके
कुनै जिउँदै छन्
तर लास भएर ।
सास फेर्न पाए पो
बाँच्लान ती लासहरू
पसिनाको मूल्य पाए पो
जन्मेलान् आशहरू
भोकै छन् लासहरू
बाँचे पनि मरे पनि
रोएकै छन् लासहरू
रुवाउने हाँसे पनि ।
लासमाथि बाँच्नेहरू
दुर्गन्धमै बाँचिरहेछन्
ऐस आरामको नशाले
गन्धलाई भुलिरहेछन्
अघाएका बलिष्ठ हात
गाँस खोस्दै घिचिरहेछन्
लासको गन्धझैं
डकारेर गन्हाइरहेछन्
करोडौं लासहरू
अझ लासै छन्
तिनका आशहरू
पनि लासै छन् ।
लासले मसानमै
जन्म लिनुपरेको छ
शक्ति सबै गुमाएर
मसानमै लड्नुपरेको छ ।
-लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा
-
डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा
-
‘टिकटक बेच्ने कुनै योजना छैन’
-
‘डाबर नेपालले क्षमता विस्तारमा अर्बौं लगानी गर्दैछ’