शेन बाट्सनको शतकीय इनिङ, राजस्थान ६४ रनले पराजित
शनिबार, ०८ वैशाख २०७५, १० : ५७
काठमाडौं– आईपीएल क्रिकेटमा शेन बाट्सनको शतकको मद्यतले चेन्नई सुपरसिंग्सले राजस्थान रोयल्सलाई ६४ रनले पराजित गरेको छ । चेन्नईको २०५ रनको लक्ष्य पाएको राजस्थान १८.३ ओभरमा १४० रन बनाउँदै आउट भयो । चेन्नईको लागि बेन स्टोक्सले सबैभन्दा बढी ४५ रनको योगदान दिए ।
जबकी टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनायो । चेन्नईको जितमा शेन वाट्सनले १०६ रनको शनकीय इनिङ खेले । खेलमा उनी म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगितामा चेन्नाईको चार म्याचमा यो तेस्रो जित हो भने राजस्थानको लागि पाँच म्याचमा यो तेस्रो हार हो ।