शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमुख आयुक्त र आयुक्तको घरमा सुरक्षा व्यवस्था मिलाउन निर्वाचन आयोगको माग

सोमबार, १० वैशाख २०७५, १५ : २४
सोमबार, १० वैशाख २०७५


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएपछि निर्वाचन आयोगले आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेको छ ।

आइतबार बेलुकी करिव ८ बजेतिर प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको धापाखेल, ललितपुर स्थित निजी निवासमा अज्ञात समूहले वम विस्फोटन भएको थियो ।

आयोगका प्रवक्ता नवराज ढकालले विज्ञप्ति मार्फत घटना प्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । 

विस्फोटनबाट निजी निवासको पर्खाल, झ्याल, ढोका लगायत अधिकांश स्थानमा क्षती पुग्न गएको छ । 

‘भर्खरै मात्र तीन तहका निर्वाचन लगायतका सम्पूर्ण निर्वाचन सफलता पूर्वक सम्पन्न गराएको आयोगका प्रमुखको निवासमा भएको दुखद घटनाबाट आयोग परिवार स्तब्ध भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता प्रकारका घटनालाई मध्यनजर गरी आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा प्रमुख आयुक्तको निवासमा घटेको घटनाको यथाशिघ्र छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारवाही गर्न आयोग नेपाल सरकार सँग हार्दिक आग्रह गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप