शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश प्रमुखबाट प्रदेश बैठकलाई मंगलबार सम्बोधन

सोमबार, १० वैशाख २०७५, २० : ५३
सोमबार, १० वैशाख २०७५

हेटौँडा ।  प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रदेश नं ३ प्रदेशसभाको विशेष बैठकलाई मङ्गलबार सम्बोधन गर्दै गर्दैछिन् । 

प्रदेशसभाको अपराह्न १ बजे बस्ने विशेष बैठकमा सांसदहरुलाई उपस्थित हुन संसद् सचिवालयले आह्वान गरिसकेको प्रदेशसभा सचिवालयका प्रमुख भरतकुमार बुढाथोकीले बताए ।

नेपालको संविधान बमोजिम संघीय प्रदेशको निर्वाचनपछि प्रदेश प्रमुखले प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप