शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा चित्रकलासम्बन्धी कार्यशाला

मङ्गलबार, ११ वैशाख २०७५, ०९ : १९
मङ्गलबार, ११ वैशाख २०७५

बेसीशहर, लमजुङ - सदरमुकाम बेँसीशहरमा जिल्लामै पहिलो पटक चित्रकलासम्बन्धी कार्यशाला भएको छ । 

जिल्लास्थित सामुदायिक रेडियो मस्र्याङ्दीले १२ औँ स्थापना दिवसको अवसरमा सोमबार एकदिने कार्यशाला आयोजना गरेको हो । 

वातावरण र रेडियो विषयक कार्यशालामा सामुदायिक तथा निजी गरी १७ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीमा भएको चित्रकलाको क्षमतालाई अभिवृद्धि गर्दै वातावरण संरक्षणमा सकारात्मक सन्देश दिन कार्यशाला आयोजना गरिएको आयोजकले जनाएका छन् । 

आर्टट्री नेपालको विशेष सहयोगमा भएको सो कार्याशालामा संस्थाका लवकान्त चौधरी र सुभाष तामाङले प्रशिक्षण दिएका थिए । जिल्लामा कहिलेकाहीँ प्रतियोगीतात्मक चित्रकला हुने गरेको भए पनि क्षमता अभिवृद्धिका लागि तालीम तथा सेमिनार भने हुन सकेको थिएन । 

रेडियोले यसअघि चित्रकलाबाहेक वातावरण संरक्षणका लागि सचेतनामुलक कार्यक्रम तथा समुदायस्तरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । २०६५ सालमा स्थापना भएको सो रेडियो जिल्लाकै पहिलो सामुदायिक रेडियो हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप