शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मदन भण्डारीको हत्या भएको हो : माधव नेपाल

मङ्गलबार, ११ वैशाख २०७५, १५ : २१
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं–नेकपा एमालेका नेता माधव कुमार नेपालले मदन भण्डारीको दुर्घटनामा मृत्यु भएकाे नभई हत्या भएको बताएका छन् । भण्डारीकाे २०५० साल जेठ ३ गते चितवनकाे दासढुंगामा जीप दुर्घटनामा रहस्यमय मृत्यु भएकाे थियाे । 
मंगलबार राजधानीको सुविधानगरमा मदन भण्डारी स्मृति वाटिका र शालिक अनावरण कार्यक्रममा नेता नेपालले भण्डारीको हत्या भएकाे बताएपनि  कसले गर्याे भन्ने बारे भने केहि खुलाएनन् । 

मदन भण्डारीको शालिक लक्ष्मण भुजेलले बनाएका हुन् । ३ रोपनी १३ आना क्षेत्रफलमा बाटिका फैलिएको संरक्षक अग्नी खरेलले बताए । वाटिका काठमाडौ महानगरपालिका र काठमाडौ नगर विसका प्राधिकरणको संयुक्त लगानीमा बनाइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप