शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

युगण्डामा मृत्यु भएका बोगटीका परिवारलाई २३ लाख क्षतिपूर्ति

बुधबार, १२ वैशाख २०७५, २० : ३८
बुधबार, १२ वैशाख २०७५

कम्पाला । गत बर्ष युगाण्डामा मृत्यु भएका नेपाली पोष्ट बहादुर बोगटीका परिवारलाई एनआरएनए युगाण्डाको पहलमा निजको कार्यरत कम्पनी कामुली सुगर लिमिटेडबाट क्षतिपूर्ति र बिमा बापत नेपाली २३ लाख रुपैयाँ आज नेपाल पठाइएको छ ।    

एनआरएनए युगाण्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार मृतक बुढाथोकीको आमा इन्द्रमाया बुढाथोकीको खातामा ५४५० अमेरिकन डलर र छोरी अन्जली बुढाथोकीको नाममा १६९५० अमेरिकन डलर बैंकबाट पठाइएको हो ।

संघका पूर्वअध्यक्ष रमेश कंडेलका अनुसार छोरी साबालिक हुन्जेल मुद्दती खातामा उनको रकम रहने व्यवस्था गरिएको छ भने त्यसको ब्याजबाट प्राप्त हुने रकम उनको शिक्षा र पालन पोषणका लागि आमालाई खर्च गर्न दिइने ब्यबस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप