शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकताबारे प्रचण्डको खुलासा : बृहत एकताका लागि गृहकार्य

बुधबार, १९ वैशाख २०७५, १५ : ५३
बुधबार, १९ वैशाख २०७५

काठमाडौं–एमाले र माओवादीबीच पार्टी एकताका लागि अन्तिम गृहकार्य भैरहदा नयाँ विषयले प्रवेश पाएको छ । त्यो, हो ‘बृहत एकता’ को कोर्स । 

यो ‘बृहत एकता’ को कोर्सवारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधवार बसेको पार्टी बैठकमा बिफ्रिङ गरेका छन् । 

पार्टी मुख्यालय पेरिसडाँडा बसेको सचिवालय वैठकमा प्रचण्डले नयाँ प्रस्ताववारे व्रिफिङ गरेका हुन् । प्रचण्डको यस्तो कोशिषवारे रातोपाटीमा यस अघि नै समाचार आएको थियो । जसलाई प्रचण्ड आफैले पुष्टी गरेका छन् । 

फागुन २७ गते रातोपाटीमा छापिएको समाचार पढ्नुहोस् :  प्रचण्डको कोर्स करेक्सन !

पार्टी एकताबारे विफ्रिङ र छलफलका लागि वोलाईएको वैठकमा प्रचण्डले ‘बृहत एकताको’ नयाँ प्रस्ताव अगाडि सारेका हुन् । 

उनको यो ‘बृहत’ शव्दले कता संकेत गर्छ ? 

प्रचण्डले बैठकमा दिएको बिफ्रिङमा संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टीलगायतका शक्तिलाई पनि एकतामा जोड्ने प्रयास भएको जानकारी गराएका छन् ।

माओवादी सचिवालयका एक सदस्यका अनुसार बैठकमा प्रचण्डले ‘बृहत एकता’ का लागि कोशिष भएको बताएका थिए । 

माओवादी बैठकमा प्रचण्डले गरे यस्तो ब्रिफिङ, हाेला त केहि दिनमै एकता ?

एमाले र माओवादीवीच एकतामा ढिलाई भैरहेका बेला प्रचण्डले ‘बहृत एकता’ को विषय अगाडि सारेका हुन् । 

पछिल्लो पटक प्रचण्डसँग संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईकुराकानी भैरहेको छ । यी भेटमा ‘बृहत एकता’ को बिवषयले प्रवेश पाएको स्रोतको भनाई छ । 

यसबाहेक आजको बैठकमा प्रचण्डले एमालेसँग केनद्रीय कमिटिको सख्याँ टुंगिएपछि पार्टीको सचिवालय बनाउने जानकारी दिएका छन् ।

एमाले र माओवादीबीच नियमति संवाद भएका छन् ।

राजनीतिक र विधान मस्यौदा कार्यदलले काम सकिसकेको छ ।

तर, जनयुद्ध, चुनाव चिन्ह र केन्द्रीय कमिटिको अनुपातको विषयमा कुरा मिल्न वाँकी रहेको दुवै दलका नेताहरुले बताएका छन् । 

प्रचण्डले पार्टी एकता अनिवार्य भएको र एकता नभए सरकार संचालनमा समस्या आउने पनि बताएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप