सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रेसर कुकर बम विस्फोट र आगलागी

शनिबार, २२ वैशाख २०७५, २१ : १६
शनिबार, २२ वैशाख २०७५

नेपालगञ्ज- बाँके जिल्लाको हवल्दारपुरमा रहेको कालिका निर्माण कम्पनीको साइट अफिसमा अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले गएराति करीब साढे १२ बजेको समयमा प्रेसर कुकर बम विस्फोट भएको बताउनुभयो । 

बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ । 

यसैबीच, बाँकेको कोहलपुर नगरपालिका–१० स्थित रामनगरमा रहेको चर्चमा गएराति आगलागी भएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति पुगेको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, गएराति करीब १ बजे आगलागी भएको हो । 

आगलागीबाट प्रार्थना गर्ने हलमा भएका कार्पेट, पंखा आदि जलेर नष्ट भएका छन् । घटनाको प्रकृति हेर्दा चर्चमा अज्ञात समूहले आगजनी गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप