राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
आइतबार, ०६ जेठ २०८१, २२ : ४६
प्रयागराज । कांग्रेस नेता राहुल गान्धीले आइतबार उत्तर प्रदेशको प्रयागराजमा चुनावी सभालाई सम्बोधन गरे । यस क्रममा उनीसँग मञ्चमा राज्यका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव पनि थिए ।
राहुलले आफ्नो सरकार सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्ने बताए । उनले भने, ‘हामी अग्निवीर योजनालाई डस्टबिनमा फालिदिन्छौँ। जुन पुरानो विधि हामीले शहीद, पेन्सन, क्यान्टिन जस्ता सबै सैनिकलाई दियौँ, त्यही नै हामी फेरि गर्नेछौँ। हामी अग्निवीरलाई रोक्छौँ, अन्त्य गर्छौँ, डस्टबिनमा फ्याँक्छौँ ।’
भारत सरकारले लागू गरेको सेना भर्तीबारे यो योजनामा नेपालीको भर्नाबारे उठेको विवाद अझै समाधान भएको छैन । नेपाली गोर्खा सैनिकको भर्ना रोकिएको लामो समय बितिसकेको छ । भारतमा यो विषय चुनावी मुद्दा बनेर चर्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण