पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
आइतबार, ०६ जेठ २०८१, २२ : ५२
काठमाडौँ । कास्कीको पोखरामा प्रहरीले लागुऔषध प्रयोगकर्ताविरुद्ध स्विप अपरेसन चलाएको छ । लागुऔषध सेवनकर्ताले लुटपाट गर्ने, डरत्रास देखाउने र चोरी गर्ने गुनासो आएपछि स्विप अपरेसन चलाएर २१ जनालाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए ।
आइतबार लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले प्रशिक्षण दिएको छ । प्रयोगकर्ताहरूका अभिभावकलाई पनि सँगै राखेर लागुऔषध नियन्त्रण ब्युरो पोखरा शाखाका वरिष्ठ प्रहरी नायव निरीक्षक विद्याधर त्रिपाठीले दुर्व्यसनीको असर र कानुनी व्यवस्थाको बारेमा प्रशिक्षण प्रदान गरेका हुन् ।
उनीहरूलाई आगामी दिनमा सेवन नगर्ने शर्तमा अभिभावको जिम्मा जमानीमा रिहा गरिएको एसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण