पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
आइतबार, ०६ जेठ २०८१, २२ : ५२

काठमाडौँ । कास्कीको पोखरामा प्रहरीले लागुऔषध प्रयोगकर्ताविरुद्ध स्विप अपरेसन चलाएको छ । लागुऔषध सेवनकर्ताले लुटपाट गर्ने, डरत्रास देखाउने र चोरी गर्ने गुनासो आएपछि स्विप अपरेसन चलाएर २१ जनालाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए ।
आइतबार लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले प्रशिक्षण दिएको छ । प्रयोगकर्ताहरूका अभिभावकलाई पनि सँगै राखेर लागुऔषध नियन्त्रण ब्युरो पोखरा शाखाका वरिष्ठ प्रहरी नायव निरीक्षक विद्याधर त्रिपाठीले दुर्व्यसनीको असर र कानुनी व्यवस्थाको बारेमा प्रशिक्षण प्रदान गरेका हुन् ।
उनीहरूलाई आगामी दिनमा सेवन नगर्ने शर्तमा अभिभावको जिम्मा जमानीमा रिहा गरिएको एसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज ७३औँ कानुन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
महिला टी–२० विश्वकपको छनोट खेलमा नेपाल आज हङ्कङसँग भिड्दै
-
सर्वोच्चको फैसला चित्त नबुझे के गर्ने ? कति छन् यस्ता मुद्दा ?
-
भारत-पाकिस्तान तनावमा अमेरिकी विदेश मन्त्रालयले के भन्यो ?
-
पाकिस्तान सुपर लिग अब युएईमा
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य