शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शौचालयमा लडेर घाइते भएका प्रदेश नं ४ का सभामुख मेडिसिटी न्यूरो अस्पतालमा भर्ना, आइसियुमा उपचार हुँदै

शनिबार, २९ वैशाख २०७५, १४ : १५
शनिबार, २९ वैशाख २०७५

पोखरा । प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि आज बिहान हेलिकप्टरद्वारा ललितपुर लगिएकोछ । 

निवासको शौचालयमा अचानक लडेर टाउँकोमा गम्भीर चोट लागेका सभामुख अधिकारीको अहिले ललितपुरस्थित मेडिसिटी न्यूरो अस्पताल भैँसेपाटीमा उपचारार्थ भर्ना गरिएको उनका स्वकीय सचिव लोकराज आचार्यले जानकारी दिए । 

उनका अनुसार सभामुख अधिकारीको टाउँकोमा रगत जमेको देखिएपछि अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेकोछ । 

अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा बालगोपाल शर्माको नेतृत्वको टोली उहाँको उपचारमा संलग्न रहेको बताउँदै स्वकीय सचिव आचार्यले भने, “उहाँका स्वास्थ्यमा क्रमिक सुधार भइरहेकोछ ।” 

शुक्रबार दिउँसो ४ बजे लडेर घाइते हुनुभएका सभामुख अधिकारीलाई उपचारका लागि तत्काल पोखरास्थित फेवासिटी र मेट्रोसिटी अस्पताल हुँदै मणिपाल शिक्षाण अस्पतालमा भर्ना गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप