सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

परासीमा मोर्चाको संयोजकसहित एक दर्जन कार्यकर्ता पक्राउ

मङ्गलबार, ३० जेठ २०७४, १४ : ३३
मङ्गलबार, ३० जेठ २०७४

परासी– नवलपरासी प्रहरीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला संयोजक मुकुरजि गिरी सहित राजपाका एक दर्जन कार्यकर्तालाई पक्राउ गरेको छ । दिउँसो साढे १ बजे राजपाका कार्यकर्ताहरुले बा ११ च ७३६२ नं. को स्कार्पियो र नम्बर नखुलेको एक मोटरसाईक र एक इरिक्सामा तोडफोड गरेपछि प्रहरीले राजपाका नेता कार्यक्रतालाई नियन्त्रणमा लिएको हो ।
सदरमुकाम परासी बुद्धचोकस्थित सुनवलबाट आएको स्कार्पियो र मोटरसाईललाई कार्यकर्ताले ढुंगामुढा गरि तोडफोड गरेका थिए । बन्दकर्ताले अहिलेसम्म जिल्लामा २ स्कार्पियो, एक मोटरसाईकल र एक ईरिक्सामा तोडफोड गरेका छन् । 
नेतासहित एक दर्जन कार्यकर्ता पक्राउ परेपछि राजपाका कार्यकर्ता नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप