आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एक महिनामा १०१ नेपाली वैदेशिक रोजगारीका लागि रुस पुगे

सोमबार, २४ वैशाख २०८१, ११ : ०१
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । प्रतिबन्धका बिच एक महिनामा १०१ नेपाली वैदेशिक रोजगारीका लागि रुस पुगेका छन् । चैत महिनामा रोजगारीका लागि १०१ नेपालीले रुस जानका लागि श्रम स्वीकृति लिएका हुन् । त्यस्तै ५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका तथ्याङ्क अनुसार चैत महिनामा १०१ नेपालीले संस्थागत श्रम स्वीकृति लिएका हुन् । म्यानपावर व्यवसायी मार्फत उनीहरू रुस पुगिसकेका छन् ।

रुस र युक्रेनबिच युद्धका कारण नेपालीलाई दुवै देशमा जान प्रतिबन्ध छ । प्रतिबन्धका बिच नेपालीहरू म्यानपावर व्यवसायीमार्फत श्रम स्वीकृति लिएर रुस पुगेका हुन् ।

विभागले २०८०/०९/१९ गतेदेखि श्रम स्वीकृति दिन स्थगन गरेको थियो । श्रम स्वीकृति रोकिएको कारणबाट रुसमा विभिन्न पेसा व्यवसायी गरी बिदामा नेपाल आएका कामदारहरूको लागि भन्दै २०८०/११/०९ गते पुनः श्रम स्वीकृति सुरू गर्ने निर्णय गरिएको थियो । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले पुनः श्रम स्वीकृति सुचारु गर्ने निर्णय गरेका थिए । त्यही आधारमा ५ जनाले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

त्यस्तै रूसकै एक कम्पनीमा कामदार पठाउन छनौट भई अन्तिम श्रम स्वीकृति लिन बाँकी रहेका कामदारको हकमा अन्तिम श्रम स्वीकृति प्रदान गर्ने निर्णय समेत गरिएको थियो । २०८०/११/१६ गते सचिव भण्डारीले संस्थागत श्रम स्वीकृति दिने निर्णय गरेका थिए ।

उक्त निर्णयपछि विभागले १०१ जनालाई श्रम स्वीकृति प्रदान गरेको विभागका महानिर्देशन डण्डुराज घिमिरेले बताए । अहिले श्रम स्वीकृति दिनमा रोक लगाइएको उनको भनाइ छ । श्रम मन्त्रालयले तत्काल रुस र युक्रेनका लागि श्रम स्वीकृति रोक्ने निर्णय गरेको थियो । सोही आधारमा हाललाई रोकिएको घिमिरेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप