एक महिनामा १०१ नेपाली वैदेशिक रोजगारीका लागि रुस पुगे
काठमाडौँ । प्रतिबन्धका बिच एक महिनामा १०१ नेपाली वैदेशिक रोजगारीका लागि रुस पुगेका छन् । चैत महिनामा रोजगारीका लागि १०१ नेपालीले रुस जानका लागि श्रम स्वीकृति लिएका हुन् । त्यस्तै ५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागका तथ्याङ्क अनुसार चैत महिनामा १०१ नेपालीले संस्थागत श्रम स्वीकृति लिएका हुन् । म्यानपावर व्यवसायी मार्फत उनीहरू रुस पुगिसकेका छन् ।
रुस र युक्रेनबिच युद्धका कारण नेपालीलाई दुवै देशमा जान प्रतिबन्ध छ । प्रतिबन्धका बिच नेपालीहरू म्यानपावर व्यवसायीमार्फत श्रम स्वीकृति लिएर रुस पुगेका हुन् ।
विभागले २०८०/०९/१९ गतेदेखि श्रम स्वीकृति दिन स्थगन गरेको थियो । श्रम स्वीकृति रोकिएको कारणबाट रुसमा विभिन्न पेसा व्यवसायी गरी बिदामा नेपाल आएका कामदारहरूको लागि भन्दै २०८०/११/०९ गते पुनः श्रम स्वीकृति सुरू गर्ने निर्णय गरिएको थियो । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले पुनः श्रम स्वीकृति सुचारु गर्ने निर्णय गरेका थिए । त्यही आधारमा ५ जनाले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
त्यस्तै रूसकै एक कम्पनीमा कामदार पठाउन छनौट भई अन्तिम श्रम स्वीकृति लिन बाँकी रहेका कामदारको हकमा अन्तिम श्रम स्वीकृति प्रदान गर्ने निर्णय समेत गरिएको थियो । २०८०/११/१६ गते सचिव भण्डारीले संस्थागत श्रम स्वीकृति दिने निर्णय गरेका थिए ।
उक्त निर्णयपछि विभागले १०१ जनालाई श्रम स्वीकृति प्रदान गरेको विभागका महानिर्देशन डण्डुराज घिमिरेले बताए । अहिले श्रम स्वीकृति दिनमा रोक लगाइएको उनको भनाइ छ । श्रम मन्त्रालयले तत्काल रुस र युक्रेनका लागि श्रम स्वीकृति रोक्ने निर्णय गरेको थियो । सोही आधारमा हाललाई रोकिएको घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण