आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
आईपीएलमा आज

उपाधि होडबाट बाहिरिएको मुम्बईसँग उसैको मैदानमा भिड्दै हैदराबाद

सोमबार, २४ वैशाख २०८१, ११ : ०६
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा सोमबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच भिडन्त हुँदैछ । उक्त खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४ बजे सुरु हुनेछ ।

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५५औँ खेल हो । निरन्तरको खराब प्रदर्शनपछि मुम्बई इन्डियन्स उपाधि होडबाट बाहिरिइसकेको छ । सनराइजर्स हैदराबादको भने प्ले–अफ चरणमा पुग्ने सम्भावना कायमै छ ।  

सनराइजर्स हैदराबादले ११औँ र मुम्बई इन्डियन्सले १२औँ खेल खेल्न लागेका हुन् । हैदराबादले यसअघि खेलिएको १० मध्ये ६ खेलमा जित र चार खेलमा हारको नतिजा निकोलेको छ । हैदराबाद १२ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ ।

अर्कोतिर, मुम्बई इन्डियन्सले यसअघि खेलिएको ११ मध्ये तीन खेलमा जित र आठा खेलमा हारको नतिजा निकालेको छ । मुम्बई ६ अंकसहित तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा छ । मुम्बई जारी सिजनको आईपीएलमा उपाधि होडबाट बाहिरिने पहिलो टोली पनि हो । 

जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच भिडन्त हुन लागेको यो दोस्रो पटक हो । यसअघि खेलिएको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको थियो । उक्त खेल हैदराबादको घरेलु मैदानमा खेलिएको थियो । 

हेड टु हेडमा मुम्बई अगाडि 

इन्डियन प्रिमियर लिगमा हालसम्म सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबिच कुल २२ खेल खेलिएको छ । त्यसमध्ये १२ खेलमा मुम्बईले हैदराबादलाई हराएको छ । बाँकी १० खेलमा भने हैदराबाद विजयी भएको छ । 

यसैगरी मुम्बइस्थित वानखेड स्टेडियममा हालसम्म यी दुई टोलीबिच कुल सात खेल खेलिएको छ । त्यसमध्ये पाँच खेलमा मुम्बईले हैदराबादलाई पराजितयको स्वाद चखाएको छ । बाँकी दुई खेलमा भने हैदराबाद विजयी भएको छ । 

तिलक वर्मा र जसप्रित बुमराह लयमा

जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्सका लागि तिलक वर्मा र जसप्रित बुमराहले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । तिलक वर्मा टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । उनले हालसम्म कुल तीन सय ४७ रन बनाएका छन् । 

यस क्रममा तिलक वर्माले तीनवटा अर्धशतक पनि प्रहार गरेका छन् । टोलीका लागि सर्वाधिक विकेट लिने बलर भने जसप्रित बुमराह हुन् । बुमराहले टोलीका लागि ११ खेल खेल्दै १७ विकेट लिइसकेका छन् । उनी जारी सिजनको आईपीएलमा सर्वाधिक विकेट लिने बलर पनि हुन् । 

हैदराबादको सर्वाधिक रन ट्राभिस हेडको नाममा

इन्डियन प्रिमियर लिगको १७औँ संस्करणमा सनराइजर्स हैदराबादका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान ट्राभिस हेड हुन् । उनले यो सिजन हालसम्म टोलीका लागि नौ खेल खेल्दै कुल तीन सय ९६ रन बनाइसकेका छन् । 

यस क्रममा ट्राभिस हेडले एक शतक र तीन अर्धशतक पनि प्रहार गरेका छन् । हैदराबादका लागि सर्वाधिक विकेट लिने बलर भने टी. नटराजन हुन् । उनले हालसम्म टोलीका लागि आठ खेल खेल्दै कुल १५ विकेट लिएका छन् । 

ब्याट्सम्यानका लागि उपयोगी पिच

मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच सोमबारको खेल हुने वानखेड स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा तुलनात्मक रुपमा बढी रन बन्ने गरेको पाइन्छ । 
यो स्टेडियममा हालसम्म आईपीएलको एक सय १४ खेल खेलिएको छ । त्यसमध्ये ५३ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ६१ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले जित हात पारेका छन् । 

छैन वर्षाको सम्भावना

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच खेल हुने दिन सोमबार मुम्बईमा वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार मुम्बईको तापक्रम २७ देखि ३४ डिग्री सेल्सियसको बिचमा रहने छ । 

सम्भावित टोली 

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, ईशान किशन (विकेटकिपर), तिलक वर्मा, नेहल वाधेरा, टिम डेभिड, मोहम्मद नाबी, पियुष चावला, ल्युक वुड, जसप्रित बुमराह र नुवान तुषारा । इम्प्याक्ट प्लेयर : सूर्यकुमार यादब । 

सनराइजर्स हैदराबाद : प्याट कमन्सि (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, अनमोलप्रित सिंह, हेनरिच क्लासन (विकेटकिपर), नितिशकुमार रेड्डी, अब्दुल समाद, शाहबाद अहमद, मार्को यान्सन, भुवनेश्वर कुमार र टी. नटराजन । इम्प्याक्ट प्लेयर : उमरान मलिक । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप