अनन्या पाण्डे र आदित्य रोय कपूरको ब्रेकअप
नयाँ दिल्ली । बलिउड अभिनेत्री अनन्या पाण्डे पछिल्लो केही महिनादेखि अभिनेता आदित्य रोय कपुरलाई डेट गरेको खबरले चर्चामा थिइन् । तर पछिल्लो खबरका अनुसार मार्चमा उनीहरूबिच ब्रेकअप भएको छ ।
अनन्या र आदित्य निकट एक साथीले ब्रेक अपको खबर पुष्टि गरेको भन्दै भारतीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । हालै टाइम्स अफ इन्डियाले अनन्या पाण्डे र आदित्य रोय कपुरको ब्रेकअप भएको भन्दै दुवैका एक निकट मित्रलाई उद्धृत गर्दै समाचार लेखेको थियो ।
करिब एक महिनाअघि दुवैको ब्रेकअप भएको हो । अनन्या यो ब्रेकअपबाट अगाडि बढ्न खोजिरहेकी बताइएको छ । गत महिना अनन्या पाण्डेकी दिदी अलाना पाण्डेको बेबी शावरमा आदित्य रोय कपूर पनि उपस्थित थिए । तर, केही समयपछि नै उनीहरूको ब्रेकअपको खबर आउन थाल्यो ।
अनन्याले पोस्ट मार्फत आदित्यसँगको सम्बन्धबारे सङ्केत दिएकी थिइन् । अनन्या पाण्डेले गत महिना आफ्नो इन्स्टाग्राममा एउटा लामो स्टोरी पोष्ट गरेकी थिइन् । सो पोष्टमा उनले आदित्यसँगको सम्बन्धबारे सङ्केत दिएकी थिइन् ।
‘कुनै चिज तिम्रै लागि बनेको हो भने त्यो फर्केर पक्कै तिमीकहाँ आउनेछ । जान्छ भने ऊ केवल पाठ पढाउन मात्रै आएको हो । यो कुरा हामी आफैँले सिक्ने हो’ पोष्टमा उनले भनेकी थिइन् ।
अनन्या पाण्डे र आदित्य विगत २ वर्षदेखि सम्बन्धमा थिए । दुवैलाई धेरै पटक सँगसँगै देखिएको थियो । कफी विथ करणको पछिल्लो सिजनमा पनि अनन्या पाण्डेले पनि यस सम्बन्धबारे सङ्केत दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण