राजनीति
जसपा फुटेपछि माधवले बोलाए संसदीय दलको बैठक
सोमबार, २४ वैशाख २०८१, ११ : ०९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार संसद्को वर्षे अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा छलफल हुनेछ । संसद्को वर्षे अधिवेशन वैशाख २८ गतेबाट सुरु हुँदैछ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टीसमेत विभाजन हुने चर्चा चलेको छ । तर एकीकृत समाजवादी विभाजन गर्न कुनै शक्तिले नसक्ने नेताहरूको दाबी छ ।
‘कुनै पनि शक्तिले नेकपा एकीकृत समाजवादी पार्टी विभाजन गर्न सक्दैन’, उपाध्यक्ष राजेन्द्र पाण्डेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण