शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तत्कालीन माओवादीले एकीकृत पार्टीको स्थायी र केन्द्रीय समिति सदस्य आज टुंगाउँदै

आइतबार, ०६ जेठ २०७५, १० : १७
आइतबार, ०६ जेठ २०७५

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीको स्थायी र केन्द्रीय कमिटीमा आफ्नो तर्फबाट रहने नेताको नामावली टुंगाउने गृहकार्यमा तत्कालीन एमाले र माओवादी केन्द्रका नेताहरु जुटेका छन् ।

पार्टी घोषणा पश्चात आ–आफ्नो भागमा परेको संख्याभित्र रहेर नामावली छनोट गर्न नेताहरु गृहकार्यमा लागेका हुन् । 

तत्कालिन माओवादीले आज ती नाम टुंगाउने भएको छ । 

तत्कालिन माओवादीले आज दिउँसोसम्ममा स्थायी र केन्द्रीय कमिटीमा रहने नेताहरुको नामावली टुंगाउने  एक नेताले बताए । 

नेपाल कम्युनिष्ट पार्टीमा ४५ स्थायी र ४ सय ४१ सदस्यीय केन्द्रय कमिटी रहने छ ।

तत्कालिन एमालेलाई २६ स्थायी र २ सय ४१ केन्द्रीय सदस्य छ भने तत्कालिन माओवादीलाई १९ स्थायी र २ सय केन्द्रीय सदस्य भागमा परेको छ ।

यसअघि ९ सदस्यीय सचिवालय बनिसकेको छ ।

दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो । 

माओवादीको संगठनात्मक संरचना भद्रगोल अवस्थामा थियो । 

कुन कमिटी कति संख्याको भन्ने कुनै नेताले बताउन सक्ने अवस्था थिएन ।

त्यहीँ भद्रगोल संख्याबाट नेता छनौट गर्नु आफैमा चुनौती भएको नामावली छनौटमा जुटेका एक नेताले बताए । 

‘धेरै साथीहरुको योगदान हेर्दा छुटाउनै नहुँने हुनुहुन्छ, तर सवैलाई समेट्न सकिँदैन । यताबाट मिलाउदै गयो अर्को छुट्छ । फेरी अर्को तिरबाट मिलायो अर्को छुट्छ । ठुलो संख्याबाट दुई चार जना छनोट आफैंमा कठिन हो । तर पनि हामी सवै साथीको चित्त बुझाउने प्रयास गर्छौँ, उनले रातोपाटीसँग भने, ‘पार्टीमा गरेको योगदान, सिनियर, योग्य नेता हामी छनौट गर्छौँ । यसो गर्दा पनि केही साथी छुट्नुहुन्छ । तर पनि उहँंलाई कुन जिम्मेवारीमा हुन्छ, हामी समेट्छौँ ।’ 

ती नेताका अनुसार तत्कालिन माओवादीलाई स्थायी कमिटीका नेता छान्न बढी नै सकस परेको छ । आफु स्थायी कमिटीमा पर्नुपर्छ भनेर धेरै नेताले अध्यक्ष प्रचण्डलाई दबाब दिएका छन् । जनयुद्धदेखि शान्तिप्रक्रियामा आउंदासम्म धेरै नेताहरु तत्कालिन माओवादीमा समेटिएका थिए ।  

नेकपाले यसै साता केन्द्रीय कमिटिलाई पूर्णता दिने तयारी गरेको छ । यसका लागि दुवै पार्टीले आन्तरिक छलफल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप