शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा मनाईयो चिनियाँ बुद्ध जयन्ती

मङ्गलबार, ०८ जेठ २०७५, १६ : ३३
मङ्गलबार, ०८ जेठ २०७५

रुपन्देही– बुद्धस्थल लुम्बिनीमा चिनियाँ क्यालेण्डर अनुसार २६४२ औं बुद्ध जन्मजयन्ती  मनाईएको छ । 

मंगलबार चीनभर मनाईएको बुद्ध जन्मजयन्ती नेपालको लुम्बिनीमा पनि मनाइएको हो ।

चिनियाँ क्यालेण्डर अनुसार यस वर्षको २६४२ औं बुद्ध जन्मजयन्ती नेपालको भन्दा १४ दिन पछि परेको हो । 

लुम्बिनीस्थित चीनको चुोङहुवा बौद्ध मोनाष्ट्रीद्वारा आयोजित कार्यक्रममा मायादेबी मन्दिर परिसरमा पिपलको रुखमुनी विषेश मण्डप सजाएर बेबी बुद्धको मुर्तिलाई नुहाईदिएर धार्मिकविधि पुर्वक पुजाआजा गरिएको थियो ।

बुद्ध जन्मनासाथ नुहाईदिएकाले लुम्बिनीमा पनि बेबी बुद्धलाई नुहाईदिएर कार्यक्रम गरिएको थियो । 

ततपश्चात बेबी बुद्धको मुर्तिलाई मायादेबी मन्दिरभित्र लगेर बुद्ध जन्मेको ठाउँमा पुजाआजा गरिएको थियो । 

कार्यक्रममा थाई, भियतनाम, म्यानमार, तिब्बती भिक्ष्ँु र थेराबाद बौधर्मावलम्बीले शिलप्रार्थना र पाठ गरेका थिए ।

जोङहुवा बौद्ध मोनाष्ट्री (चीनिया बौद्धबिहार) लुम्बिनीका दोस्रो ठूलो भिक्षु सु चु¨ युङले चीनिया परम्परा अनुसार पुजाआजा गराएका थिए । 

चीनको बेईजिङ, खुप्यु, सान्सी, सेन्चेन र सियान लगायतका ठाउबाट बुद्धजयन्ती मनाउन यहा ६० उपासक उपासिका आएका थिए । 

त्यस्तै भियतनाम विहारले पनि आजै मायादेबी मन्दिर परिसर भित्र पुजाआजा गरि बुद्धजन्म जयन्ती मनाएको भियतनाम बौद्ध बिहार लुम्बिनीका प्रमुख भिक्षु डा. लामले जानकारी गराए । 

सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्र अवधेश कमार त्रिपाठीले अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महाअस्थवीरले बुद्धजन्म स्थल लुम्बिनी बिश्वका बौद्धधर्मालम्बीहरुको केन्द्रबिन्दुको रुपमा बिकास गर्नुपर्ने कुरामा जोड दिएका  थिए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप