समृद्ध प्रदेशको आधार तयार गर्नेः मुख्यमन्त्री गुरुङ
बागलुङ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँच वर्षभित्रमा समृद्ध प्रदेशको आधार तयार हुने बताएका छन् ।
नवगठित नेपाल कम्युनिष्ट पार्टीले आज बुर्तिबाङमा आयोजना गरेको एकता सभालाई सम्बोधन गर्दै उनले प्रदेशका ८५ वटै स्थानीय तह अब विकासको गतिमा अघि बढ्छ भने ।
मुख्यमन्त्री गुरुङले पाँच वर्षभित्रमा सबै स्थानीय तहलाई सडक सञ्जालसँग जोड्ने र सबै घरधुरीमा विद्युत् सेवा पु¥याइने उल्लेख गर्दै समृद्ध प्रदेशका लक्ष्य हासिल गर्न कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार विकासमा जोड दिइएको बताए ।
‘मुख्य दुई कम्युनिष्ट दलबीच भएको एकताले मुलुकलाई स्थायित्व र समृद्धिको बाटोमा डोे¥याउने छ,’ उनले भने, ‘कम्युनिष्टहरु फुट्न मात्र जानेका छन् भन्ने भ्रमलाई एकताले चिरेको छ ।’
मुख्यमन्त्री गुरुङले भने, ‘एकतालाई मुलुकको हितमा प्रयोग गर्नुपर्छ ।’
अर्को फरक प्रसंगमा उनले प्रदेश सरकारलाई पूर्ण रुपमा अधिकार सम्पन्न बनाउनुपर्ने बताउँदै अधिकारको बाँडफाँडमा देखिएका अन्योलले कार्यसम्पादनमा समस्या उत्पन्न भएको धारणा व्यक्त गरे ।
मुख्यमन्त्री गुरुङले प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न गराउन सके मात्र संघीयता सफल हुने विश्वास व्यक्त गरे ।
उनले आजै जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटनको पनि अवलोकन गरेका थिए ।
उनले ढोरपाटनमा बन्ने जलाशययुक्त विद्युत् आयोजनाको कामलाई प्रदेश तहबाट छिट्टै अगाडि बढाइने बताए ।
सो अवसरमा मुख्यमन्त्री गुरुङसँग ढोरपाटनबासीले स्थानीय विकासका माग पेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी