मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्ड परिवारको सम्पत्ति कति ? मन्त्री बीना मगरले सार्वजनिक गरिन् यस्तो विवरण

बुधबार, ०९ जेठ २०७५, १४ : १४
बुधबार, ०९ जेठ २०७५

काठमाडौं– खानेपानी मन्त्री बीना मगरको सम्पत्ति विवरण सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री तथा  नेकपाका अध्यक्ष प्रचण्डकी बुहारीसमेत रहेकी बीनाले सासु आमा सीता दाहाल र स्वर्गीय श्रीमान प्रकाश दाहालको नाममा सम्पत्ति देखाएकी छन् । 
उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा घर नभएको उल्लेख गरिएको छ । तर, चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १४ मा  प्रकाश दाहालको नाममा २ कठ्ठा जमिन भएको उल्लेख गरिएको छ ।  यस्तै सीता दाहालको नाममा भारतपुर  महानगरपालिका वडा नम्बर १२ मा १ कठ्ठा जमिन रहेको उल्लेख गरिएको छ । 
यस्तै ५ तोला सुन र १६ तोला चाँदी  पैतृक सम्पत्ति  रहेको उल्लेख गरिएको छ । यसबाहेक बैंक खाता रहेपनि  कुनै रकम जम्मा नभएको, सवारी साधनमा प्रकाश दाहालको स्कुटर रहेको उल्लेख गरिएको छ भने कुनै बैंक तथा वित्तीय संस्थामा  शेयर नभएको पनि सम्पत्ति विवरणमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप