शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘डी सिने अवार्ड’मा अनमोल र नीता उत्कृष्ट, बसुन्धरलाई ‘लिजेन्ड्री सम्मान’ (फोटोफिचर)

शुक्रबार, ११ जेठ २०७५, ११ : १६
शुक्रबार, ११ जेठ २०७५

काठमाडौं । पछिल्लो समयका चर्चित अभिनेता अनमोल केसी १०औं ‘डी सिने अवार्ड’मा उत्कृष्ट अभिनेता घोषित भएका छन् । केही पहिले प्रदर्शनमा आएको चलचित्र ‘कृ’बाट उनले यो अवार्ड चुमेका हुन् ।  

समारोहमा उत्कृष्ट अभिनेत्री अभिनेत्री नीता ढुंगाना चुनिइन् । नीताले चलचित्र ‘पञ्चायत’ अभिनयका कारणले यो अवार्ड हात पारेकी हुन् । यसै चलचित्र अभिनयबाट उनले अमेरीकामा पनि एक अवार्ड जितेकी थिइन् ।

बिहिबार प्रदर्शनीमागए स्थित राष्ट्रिय सभा गृहमा आयोजित अवार्ड समारोहमा ‘कृ’ उत्कृष्ट चलचित्र घोषित भयो । सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘कृ’ले दर्शक तथा समिक्षकको मन भने जित्न सकेको थिएन । 

भव्य सेटसहित आयोजना गरिएको अवार्डमा ‘लिलिबिली’ चलचित्रका निर्देशक मिलन चाम्सले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे । लिलिबिलिमा निर्देशक मिलनको कामको समिक्षकले आलोचना गरेका थिए ।  गत वर्षकै सर्वाधिक कमाउ चलचित्र ‘छक्का पञ्जा–२’ लाई समेत आयोजकले पपुलर अवार्ड प्रधान गरे ।

कलाकार र पत्रकारलाई सम्मान समेत गरिएको कार्यक्रममा कलाकार बसुन्धरा भुषाल ‘लाइफटाइम लिजेन्डरी अवार्ड’ बाट सम्मानित भइन् । अभिनेत्री मौसम मल्ल र निर्माता तथा वितरक नरेन्द्र महर्जनलाई कार्यक्रममा ‘रजत सम्मान २०७५’ प्रदान गरियो ।  यस्तै पत्रकार श्याम अर्यालले ‘चलचित्र पत्रकारिता पुरस्कार’कार्यक्रममा लिए ।

अनमोल केसी, शिल्पा पोखरेल, भुवन केसी, रमेश उप्रेती, रेजिना उप्रेती, झरना थापा, प्रशान्त ताम्राकार, पुष्प खड्का, नीता ढुंगानालगायतका कलाकार उपस्थित अवार्ड समारोहमा पुरानी अभिनेत्री रेजिना उप्रेती र अभिनेता रोहित रुम्बाको नृत्यले धेरैको मन जित्यो ।

कार्यक्रममा चलचित्र ‘शत्रु गते’ले पब्लिक च्वाईस अवार्ड, निर्देशक नवल नेपालले ‘मंगलम’बाट जुरी अवार्ड, चलचित्र ब्लाईन्ड रक्स र मंगलम अभिनेता पुष्प खडकाले कृटिक्स अवार्ड हात पारे । प्रोत्साहन पुरस्कार भने चलचत्र ‘संरक्षण’का पुर्णेन्दु झालाई दिइयो । 

अवार्ड समारोह आफ्ना लागि हो र आफुले सहभागीता जनाउनु पर्छ भन्ने भावना चलचित्रकर्मी अझै पलाउन नसकेको अवार्डमा न्युन कलाकर्मीको उपस्थितीले अनुमान लगाउन सकिन्थ्यो । आफुले अवार्ड पाए सहभागी हुने नत्र नहुने चलचित्रकर्मीको यो रोग १०औं डि सिने अवार्डमा पनि देखियो ।

कलाकार, लेखक, निर्देशक मोहन निरौला, रंग पत्रकार, गीतकार, निर्देशक डब्बु क्षेत्री, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ र निर्देशक÷ छायाँकार सवनम मुखिया अवार्डका जुरीमा रहेका थिए ।

अवार्ड बिजेता
सर्वोत्कृष्ट एनिमेशन, – ग्लेज इन्टरटेन्टमेन्ट– कृ
सर्वोत्कृष्ट पाश्र्वसंगीत – एलिश कार्की– लिलीबिली
सर्वोत्कृष्ट ध्वनिमिश्रण – सुनयमान श्रेष्ठ– संरक्षण
सर्वोत्कृष्ट गीतकार – धिरेन्द्र प्रेमर्षि – संरक्षण – संझनाको सारङ्गी
सर्वोत्कृष्ट गायिका–  विन्दु परियार – मंगलम् – पर्ख पर्ख
सर्वोत्कृष्ट गायक– सुगम पोखरेल – ऐश्वर्य – तिमी रोएको पल
सर्वोत्कृष्ट संगीतकार– राजनराज सिवाकोटी – दुई रुपैया – कुटुमा     कुटु
सर्वोत्कृष्ट नृत्य निर्देशक– कविराज गहतराज – दुई रुपैया – कुटुमा     कुटु
सर्वोत्कृष्ट द्वन्द्वनिर्देशक– हिमाल केसी– रुद्र
सर्वोत्कृष्ट बालकलाकार– कुशाग्र भट्टराई – पिजडा ब्याक अगेन
सर्वोत्कृष्ट हास्यकलाकार– केदार घिमिरे– छक्कापञ्जा २
सर्वोत्कृष्ट खलपात्र– प्रशान्त ताम्राकार – ऐश्वर्य
सर्वोत्कृष्ट कथा– नवराज बुढाथोकी– भूइमान्छे
सर्वोत्कृष्ट पटकथा– प्रदिप भारद्धाज– लिलीविली
सर्वोत्कृष्ट संवाद– दिपेन्द्र लामा – घामपानी
सर्वोत्कृष्ट नव–नायिका– जसिता गुरुङ – लिलीबिली
सर्वोत्कृष्ट नव–नायक–  सलिममान बानिया– ए मेरो हजुर २
सर्वोत्कृष्ट नव निर्देशक–झरना थापा – ए मेरो हजुर २
सर्वोत्कृष्ट चरित्र अभिनेत्री–मिथीला शर्मा – मंगलम
सर्वोत्कृष्ट चलचित्र अभिनेता– पुस्कर गुरुङ – घामपानी
सर्वोत्कृष्ट सह अभिनेत्री–बर्षा राउत – छक्का पञ्जा २
सर्वोत्कृष्ट सह अभिनेता–सलोन बस्नेत – ए मेरो हजुर २
सर्वोत्कृष्ट छायाँकार– पुरुषोत्तम प्रधान – कृ
सर्वोत्कृष्ट सम्पादक–मित्रदेव गुरुङ – मंगलम
सर्वोत्कृष्ट अभिनेत्री– नीता ढुङ्गाना – पंचायत
सर्वोत्कृष्ट अभिनेता– अनमोल केसी – कृ
सर्वोत्कृष्ट पपुलर चलचित्र–छक्का पञ्जा–२ –दिपाश्री निरौला,     आमासरस्वती मुभिज्
सर्वोत्कृष्ट निर्देशक– मिलन चाम्स – लिलीबिली
सर्वोत्कृष्ट चलचित्र– कृ – सुवास इन्टरटेन्टमेन्ट, सुपर काजल     फिल्म्स प्रा.लि.
पब्लिक च्वाईस अवार्ड– चलचित्र शत्रु गते ।
जुरी अवार्ड– निर्देशक नवल नेपाल, मंगलम
क्रिटिक्स अवार्ड –ब्लाईन्ड रक्स (चलचित्र तर्फ)
क्रिटिक्स अवार्ड – पुष्प खडका, (अभिनय तर्फ), चलचित्र मंलम 
‘छायाँछवि लिजेन्ड्री सम्मान–२०७५’बाट बसुन्धरा भुषाल (२५ हजार रुपैयाँ सहित) 
छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७५ पुरुष तर्फ निर्माता, वितरक, प्रदर्शक नरेन्द्र महर्जन
छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७५ महिला तर्फ अभिनेत्री मौसमी मल्ल । 
छायाँछबी (चलचित्र पत्रकारिता पुरस्कार–२०७५) श्याम अर्याल १० हजार १० रुपैयाँ सहित 

फोटो : लक्ष्मी श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप