शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सम्पत्ति विवरणमा प्रश्न उठेपछि बोले लालबाबु पण्डित

शनिबार, १२ जेठ २०७५, १६ : ३०
शनिबार, १२ जेठ २०७५

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरण चित्त नबुझे बैंकमै गएर हेर्ने छुट सबैलाई रहेको बताएका छन् । 

 २०७० सालमा पहिलो पटक मन्त्री भएको र ससुरालीले दिएको जग्गानै आफ्नो सम्पत्तिको स्रोत भएकाले यसमा अनावश्यक टिप्पणी नगर्न उनले आग्रह गरे । 

शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका  हुन् । 

 

‘गरिब’ लालबाबुले कहाँबाट कमाए ७ महिनामा ५५ लाख ?

अर्को प्रसंगमा पण्डितले  जेठ महिना भित्रै सबै तहमा कर्मचारीको उचित व्यवस्थापन गर्ने पनि बताए । 

मन्त्री पण्डितले सरकारले संघीयताको व्यवस्थापनका लागि असार महिना भित्र प्रशासनिक संक्रमणकाल अन्त्य गर्ने लक्ष्यका साथ काम गरिरहेको दावी समेत गरे । 

 स्थानीय, प्रदेश र  केन्द्रमा कर्मचारीको उचित व्यवस्थापनका लागि सरकारले ९० प्रतिशत काम सम्पन्न गरिसकेको भन्दै उनले  सरकारबारे नकारात्मक टिप्पणी नगर्न चेतावनी दिए । 

 संघीयताको व्यवस्थापनका लागि काम गरिरहँदा पनि सरकारलाई संघीयता विरोधीको आरोप लगाएकोमा मन्त्री पण्डितको गुनासो थियो । 

यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता संजय गौतमले सरकारको सय दिन आशा लाग्दो नभएको टिप्पणी गरे । 

उनले  सरकारको नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न समेत आवश्यक कार्यक्रम तय गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । 

 नेता गौतमले गरिवी निवारण, बसोबास व्यवस्थापन, भूमिहिनको समस्या समाधान गर्न पनि सरकारको नीति तथा कार्यक्रमले कुनै प्रतिवद्धता नजनाएको दावी समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप