मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

करणीको उजुरी लिन प्रहरीले इन्कार, पीडित न्यायको खोजीमा

शनिबार, २६ जेठ २०७५, २० : ३९
शनिबार, २६ जेठ २०७५

उर्लाबारी । खोटाङ साकेला गाउँपालिका वडा नम्बर ५ की भद्रसिला राई यतिबेला न्यायको खोजीमा छिन् । आफूमाथि जबर्जस्तीकरणी हुँदा समेत ईलाका प्रहरी कार्यालय दमकले उजुरी लिन नमानेको उनको दुखेसो छ । 

दमक नगरपालिका वडा नम्बर–५ बस्ने २९ वर्षीय राजा खड्काले उनलाई धाकधम्की दिँदै जबर्जस्तीकरणी गरेका थिए । सामाजिक सञ्जालमा चिनजान भएका राजाले तिमीलाई बिहे गर्छु भन्दै भेट्न बोलाएर बारम्बार करणी गरेको र आफूले सहारा माग्दा अलपत्र पारेर फरार भएको पीडित राईले बताइन् । 

राजाले आफूलाई नेपाल आर्मीको मेजर हुँ भनेर समेत भन्ने गरेको र सामाजिक सञ्जालमा समेत फोटोहरु राखेको भएता पनि अहिले डिलिट गरेको उनले बताइन् । राजाले फेसबुकमा विभिन्न युवतीहरूलाई ललाईफकाई गर्दै यौन शोषण गर्ने गरेको बताइन्छ । 

फरार राजालाई सामाजिक सञ्जालमा टाँडीकै एक युवतीसँग बोल्ने क्रममा फेला पारेपछि स्थानीय महेन्द्र थेगिमले पक्राउ गरी प्रहरी कार्यालयमा बुझाएका थिए । तर, प्रहरीले भने उल्टै न्याय दिनुको साटोमा जाहेरी नै लिन मानेको छैन । जसका कारण  प्रहरीको भूमिका नै शंकास्पद देखिएको छ ।  

दमक प्रहरी प्रमुख दिपक गिरीले पीडितलाई नै झपारेका छन् । राजाले दमक एक अधवंैशे युवतीलाई मायाजालमा पारेर मस्ती गर्दै हिँडेका छन् । राजाले प्रहरीको आडमा आफुलाई कहाँ गएर के गर्छेस् गर सबै मेरै मान्छे छन्, केही नाप्दैनौं भन्दै थर्काउने गरेको पीडित महिलाले बताईन् । 

काठमाडौंबाट आएर न्याय खोज्दै आएकी उनले आफूलाई न्यायको लागि सहयोग गरिदिन अनुरोध गरेको छिन् । उनले भनिन्, ‘म पागलझैँ भैसके ।  प्रहरीले उजुरी नै लिन नमानेपछि उजुरीको कागज फिर्ता माग्दा समेत दिन मानेको थिएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप