शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरपालिकाको मुख्य प्राथमिकता के ?

आइतबार, ०३ असार २०७५, ०७ : १३
आइतबार, ०३ असार २०७५

काठमाडौं - काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्षलाई पूर्वाधार विकासको बर्षको रुपमा मनाउने घोषणा गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शनिबार आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक बर्षमा पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिने घोषणा गरेका हुन् । 

निजी शैक्षिक संस्थालाई नियमन, महानगरमा अस्पताल सञ्चालन, जात्रापर्वलाई अन्तर्राष्ट्रियकरण गरिनेलगायतका कार्यक्रम महानगरपालिकाले सार्वजनिक गरेको छ ।

सवारीसाधनको प्रदूषण जाँचलाई कडाइ गरिने र पुराना भवन हटाई सुविधासम्पन्न एकीकृत बस्ती विकास गर्ने नीति महानगरपालिकाले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप