बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सोमत घिमिरे द्वारा लिखित पुस्तक जुर्मुराएको बखत बजारमा

सोमबार, ०४ असार २०७५, १४ : ३५
सोमबार, ०४ असार २०७५

काठमाडौं -सोमत घिमिरे द्वारा लिखित पुस्तक जुर्मुराएको बखत बजारमा आएको छ । 

पुस्तक भित्र घिमिरेले बिभिन्न समयमा गरेका अनुसन्धानका बिषय, यात्रा संस्मरण, निबन्ध शैलीका १५ आलेख समेटिएको छ । 

 पुस्तकमा लेखकले साना किसानको स्थिति, जैविक बिबिधताको संरक्षण, चेपमा परेका सिमान्तकृत समुदायको जीविकाको संकट , चर्चित पर्यटकीयस्थल नगरकोटबाट तामाङ जातिको विस्थापनको पिडा आदि बिषयलाई परिवेश, सन्दर्भ र पात्रका माध्यमबाट विश्लेषण गरेका छन् । 

पुस्तकमा लेखकले नेपालको विकाशको प्रक्रियाले सिमान्त बर्गलाई अझ हिनताबोध थपेको र गैससुले नेपालीको गरिबीको ब्यापा मात्र गरेको सन्दर्भलाई उदाहरण सहित उल्लेख गरेका छन् ।  यसैगरी आत्मनिर्भर र हिजो तिब्बत भन्दा बलियो कर्णालीलाई  आज कसरि दीनहीन र दुखी बनाइयो भन्ने बारेमा तथ्य सहित प्रस्तुत गरेका छन् ।  

त्यस्तै घिमिरेले माओवादी ुजनयुद्धुले स्थानीयस्तरमा जगाएको मुक्तिको भोक र परिवर्तनको तिर्खालाई सविस्तार व्याख्या गरेका छन्  । 

मधेश र बिकट बस्तिहरुमा परिवर्तन प्रति जुर्मुराएको चेतनालाई निबन्धात्मक शैलीमा प्रस्तुत गरेका छन् । 

लामो समयदेखि प्राकृतिक स्रोत ब्यवास्थापनको अध्ययन९अनुसन्धान र वकालतमा संलग्न लेखक पछिल्लो समय संघियताको राजनीतिक व्यवस्थापन सम्बन्धी अध्ययन अनुसन्धानमा संलग्न छन् ।  लेखकको सम्पादकत्वमा यस अघि समृद्द कर्णालीको दुख पुस्तक प्रकासित छ । 

सांग्रिला बुक्स द्वारा प्रकासितपुस्तकको मूल्य ३७५ रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप