हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ
रौतहट । हेलमेटभित्र लुकाई छिपाई लागुऔषध ओसार्ने दुई युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोटरसाइकल चालक नुवाकोट पञ्चकन्या गाउँपालिका ३ का २७ वर्षीय विवश कार्की र पछाडी सवार चितवन भरतपुर ७ का ३१ वर्षीय बबी तामाङ रहेका छन् । उनीहरुलाई लागुऔषसहित पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले बताए ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले बाराको जीतपुर सिमरा २१ अमलेखगञ्जबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको प्र.३–०२–००९ प ४७३८ नम्बरको मोटसाइकल चेकजाँच गर्दा हेलमेटभित्र लुकाई छिपाई राखेको नोरफिन इन्जेक्शन एम एलको १८ एमपुल, फेनारागन १७ एमपुल र डाईजोपाम १८ एमपुल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजना माथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण