शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार !

मङ्गलबार, ०५ असार २०७५, १४ : ५५
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं -काठमाडौंका स्थानीय सम्पदापे्रमीहरुले काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार दिएका छन । 

धार्मिक एवम् पूरातात्विक महत्वको रानीपोखरीको पुनर्निर्माणमा बेवास्ता गरेपछि घाँसे मैदानको रुपमा परिणत भएको त्यहीको ‘घाँस’ स्थानीय सम्पदाप्रेमीहरुले काठमाडौं महानगरपालिकालाई उपहार दिएका हुन । 
काठमाडौं उपत्यकाका नेवार समुदायको चाड सिठी नखः को अवसर पारेर मंगलबार विहान रानी पोखरीको सफाई गरेका थिए ।

सोही क्रममा रानी पोखरीको पुनर्निर्माणमा गति दिन दवाव स्वरुप महानगरपालिकालाई घाँस उपहार पनि दिइएको स्थानीय सम्पदाप्रेमी आलोकसिद्धी तुलाधरले जानकारी दिए । 

रानीपोखरीको सफाई सकिएलगत्तै उनीहरुले काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई घाँस उपहार दिएका थिए ।

त्यसै अवसरमा बोल्दै उपमेयर खड्गीले रानी पोखरी पुनर्निर्माणमा ढिलाई नहुने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले रानी पोखरी पुरानै शैलीमा बन्ने आश्वासन पनि दिइन् । 

रानीपोखरीको पुनर्निर्माणमा ढिलाई भएकोमा काठमाडौं महानगरपालिकाको सर्वत्र आलोचना हुँदै आएको छ ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको रानी पोखरी र त्यहाँस्थित गोपालेश्वर मन्दिरको पुननिर्माणको कामलाई गति दिने काठमाडौं महानगरपालिकाले  पटक–पटक प्रतिवद्धता जनाएपनि सोही अनुसार काम हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप