शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस साता सेयर कारोबार ३४.७२ प्रतिशतले घट्यो

शुक्रबार, ०८ असार २०७५, १३ : ३४
शुक्रबार, ०८ असार २०७५

काठमाडौँ । यो साता सेयर बजारमा ३४.७२ प्रतिशतले कारोबारमा कमी आएको छ । यो साता कारोबारमा १९० कमपनी सामेल भए भने १ अर्ब १द्द करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

गत साता १ अर्ब ७२ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  

यो साता नेप्से परिसुचक १४.७७ अंकले घटेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.९६ अंकले घटेर २५५.७५ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकम (सात करोड ३३ लाख ६० हजार रुपैयाँ) को आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ६९ हजार कित्ता) को आधारमा मेगा बैंक  अग्रस्थानमा  छ । त्यसैगरी कारोबार संख्या (१३९६ वटा) को आधारमा उन्नती लघुवित्त वित्तीय संस्था अग्रस्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप