शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खुला ठाउँमा यौनकार्य गरे एक बर्ष कैद

शनिबार, ०९ असार २०७५, ०६ : ३५
शनिबार, ०९ असार २०७५

काठमाडौं - सार्वजनिक स्थलमा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने भएको छ । 

मुलुक अपराध (संहिता) ऐन २०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको हो, जुन आगामी भदौ १ गतेबाट कानुनका रुपमा लागू हुनेछ । 

'कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौनक्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नुहुँदैन' भनिएको छ । 

यसो गरे १ बर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप