शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बीएण्डसी टिचिङ्ग अस्पताललाई सम्बन्धन दिन माग

बिहीबार, २८ असार २०७५, १७ : ३२
बिहीबार, २८ असार २०७५

काठमाडौं–मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले झापामा रहेको बि एण्ड सी टिचिङ्ग अस्पताललाई सम्बन्धन दिन सरकारसँग माग गरेका छन् । 
बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईले आफू तीन वर्षदेखि अन्यायमा परेको र काठमाडौं बाहिर सुदुरपूर्वमा अस्पताल खोल्दा पनि माफियाको आरोप खेपिरहेको दुःखेसो समेत गरे । 
 बिहिबार काठमाडौंमा संचारकर्मीमाझ उनले भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भईसकेकाले अस्पताललाई सम्बन्धन दिन ढिलाई नगर्न पनि सरकारको ध्यानाकर्षण गराए । 
 प्रसाईँले वरिष्ठ चिकित्सक गोविन्द केसीले आफूलाई माफिया भनेको भन्दै आक्रोश पनि व्यक्त गरे । उनले सरकारसँग अनुमति लिएरै आफूले अस्पताल संचालनमा ल्याएपनि त्यसलाई सम्बन्धन अझै नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे । 
संचालक प्रसाईँले २०६८ साल पुस १४ गते तत्कालीन सरकारले आफूलाई बोलाएरै कलेज संचालनका लागि अनुमति दिएको दावी समेत गरे । उनले करोडौैंको लगानी गरेर स्थापना गरिएको कलेजलाई सम्बन्धन नदिने षडयन्त्र गरिएकोभन्दै आपत्ति पनि जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप