यो साता सेयर बजारमा ५८.४४ प्रतिशत बढी कारोबार
काठमाडौं–यो साता (असार २२ देखि २८ गतेसम्म) ५८.४४ प्रतिशत बढी रकमको सेयर कारोबार भएको छ ।
जस अनुसार २४ हजार ३ सय ७० कारोबारबाट दुई अर्ब ११ करोड ८८ लाख आठ हजार रुपैयाँ बराबरका ६१ लाख १२ हजार तीन सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा ५८.४४ प्रतिशत बढी हो ।
गत साता १८४ कम्पनीहरुको कारोबार भएको थियो ।
जस अनुसार २० हजार २ सय ८१ कारोबारबाट एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरका ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १९१ कम्पनीहरुको कारोबार भएको हो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२.४१ अंकले घटेर अन्तिम दिन ११९१.९८ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ६.६८ अंकले घटेर २५१.०५ अंकमा आईपुगेको हो ।
यस साता कारोबार रकम (१५ करोड २५ लाख रुपैयाँ) को आधारमा एभरेस्ट इन्सुरेन्स कम्पनी अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार भएको सेयर संख्या (तीन लाख ९० हजार कित्ता) को आधारमा कुमारी बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार संख्या (१४४९ वटा) को आधारमा रैरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।