शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फाइभस्टार होटलमा हेरे समाजवादी मन्त्रीले विश्वकप फाइनल

आइतबार, ३१ असार २०७५, २१ : २७
आइतबार, ३१ असार २०७५

काठमाडौं -आधा दर्जनमन्त्रीसहित नेकपाका नेताहरुले फाइभस्टार होटल पुगेर विश्वकप फाइनल हेरेका छन् । 

विश्वकप फुटवलको फाइनल खेल हेर्न ओली सरकारका मन्त्री होटल याक एण्ड यतिमा पुगेका हुन् ।

उर्जामन्त्री बर्षमान पुन, श्रम मन्त्री गोकर्ण विष्ट, उद्योगमन्त्री मात्रिका यादवसहितका मन्त्रीहरु नेकपाका यूवा नेतासहित खेल हेर्न फाइभ स्टार होटल पुगेका हुन् । 

रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच खेल भएको थियो । 

खेल हेर्न टोपबहादुर रायमाझी, धनश्याम भुसाललगायतका यूवा नेताहरु पनि पुगेका थिए । 

खेल हेर्न पूर्वसभामुख ओनसरी घर्ती पनि पुगेकी थिइन् । 

होटल स्रोतका अनुसार सहभागी एक सय ५० जना हुने भन्दै प्रत्येक एक जनालाई खाना खर्च २५ सय रुपैयाँ दरले गरिएको थियो । 

क्रोएशियालाई ४–२ ले हराउँदै फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप