शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा शुरु भयो नेकपाको सचिवालय बैठक, गोविन्द केसीको मुद्दा के होला ?

मङ्गलबार, ०१ साउन २०७५, ०९ : ५२
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं -पार्टी सञ्चालन नियमावली टुंगो लगाउन नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठक बसेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नियमावली र विधानबारे छलफल हुनेछ । 

विधान र नियमावली प्रकाशनमा पठाउनु अघि अन्तिम रुप दिन बैठब बोलाइएको हो ।

बैठकमा पछिल्ला राजनीतिक मुद्दामाथि पनि छलफल हुन सक्नेछ । 

चिकित्सा शिक्षा विद्येयक विवादले सरकारमाथि दवाव बनिरहेको छ । 

गोविन्द केसीको अनशन र मागलाई लिएर विपक्षी काँग्रेसले संसद अबरुद्ध पारेको छ । 

हिजोमात्रै सरकारले वार्ताका लागि तीन सदस्यीय वार्ता टोली बनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।

जसको सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक/एक जना सहसचिव रहनेछन् ।

डा केसी १८ दिनदेखि जुम्लामा अनशनमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप